काठमाडौं । साउन ६
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले निजामती कर्मचारीहरुको सरुवा, पदस्थापना, काज सरुवा सम्बन्धीमापदण्डलाई समयानुकल परिमार्जन गर्न र मन्त्रालयमा कर्मचारीहरुको लागि गुनासो सुनुवाई संयन्त्र निर्माण गर्न मन्त्रालयकाअधिकारीलाईहरुलाई निर्देशन दिनुभएको छ ।
मन्त्रालयका सचिव र सहसचिवहरुसँग मन्त्री न्यौपानेले निजामती कर्मचारीहरुको सरुवा, पदस्थापना तथा काज सरुवा सम्बन्धिकामलाई निश्पक्ष, पारदर्शी तथा बस्तुगत बनाउनकोलागि यस अघि मन्त्रालयले तयार गरेको मापदण्डलाई समयानुकुल परिमार्जन गरिराय सुझाव पेश गर्न निर्देशन दिनु भएको छ ।
उक्त मापदण्ड समयानुकल परिमार्जन गरेपछि मात्रै कर्मचारीहरुको सरुवा सम्बन्धि काम हुने भएकोले जतिसक्दो चाँडो यस सम्बन्धीसुझाव आफुलाई पेश गर्न मन्त्री न्यौपानेले निर्देशन दिनु भएको हो । साथै विगतमा बनेका मापदण्ड कार्यान्वयन नभएको हुँदा अव उक्तमापदण्डलाई कडाइका साथ अनिवार्य लागु गरिने मन्त्री न्यौपानेले बताउनु भयो । मन्त्री न्यौपानेले कर्मचारी सरुवालाई पुर्वअनुमानयोग्यबनाउन पनि निर्देशन दिनुभएको छ ।
यसैगरि मन्त्री न्यौपानेले निजामती कर्मचारीहरुको गुनासो सुनुवाईको लागि मन्त्रालयमा छुट्टै गुनसाो सुनुवाई संयन्त्र पनि निर्माण गर्नेहुनुभएको छ । आफ्नो सचिवालय अन्तर्गत रहने गरि स्थापना हुने उक्त संयन्त्रमा देशभरका कर्मचारीहरुले आफ्ना गुनासाहरु राख्न सक्नेव्यवस्था मिलाइने मन्त्री न्यौपानेले बताउनु भएको छ ।