काठमाडौं । हिमस्टार ऊर्जा कम्पनीले असार २४ गतेदेखि बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम म्याद हो ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र विदेशमा रोजगारी गरिरहेका नेपालीहरूका लागि पहिले नै शेयर बाँडफाँट गरिसकेको कम्पनीले अहिले सर्वसाधारण लगानीकर्ताहरूका लागि शेयर निष्कासन गरेको हो ।

कम्पनीले जारी पुँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत (११ करोड १९ लाख रुपैयाँ) बराबरको ११ लाख १९ हजार कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो । यसमध्ये १ लाख ८६ हजार ५०० कित्ता स्थानीय बासिन्दा र ९३ हजार २५० कित्ता विदेशमा काम गर्ने नेपालीहरूका लागि पहिले नै बाँडिएको छ ।

अहिले कर्मचारीहरूका लागि १८ हजार ६५० कित्ता र सामूहिक लगानी कोषहरूका लागि ४६ हजार ६२५ कित्ता सुरक्षित गरिएको छ भने बाँकी ७ लाख ७३ हजार ९७५ कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिएको छ ।

न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म खरिद गर्न सकिने सकिने आईपीमा सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सकिन्छ । ढिलोमा साउन ६ गतेसम्म आवेदन दिन पाइनेछ ।

यस आईपीओको प्रबन्धक एनआईसी एसिया क्यापिटल हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।