चितवन- मुखको क्यान्सरले दुखाइसँगै उपचार नपाउँदाको पिडा थियो, भरतपुर-१८ का विरु गुरुङलाई । क्यान्सरले मुख नखुल्ने समस्याका कारण तत्काल शल्यक्रिया गर्नुपर्ने भन्दै अस्पताल पुग्नुभएका गुरुङले चिकित्सक भेट्न पाउनुभएन ।

भरतपुरको विपि कोइराला मेमोरियल क्यान्सर अस्पतालको मुल गेटमा चिकित्सक पर्खेिरहनुभउका उहाँलाई घाउ भन्दा बढी चिकित्सकको आन्दोलनले पीडा दियो ।

गुरुङ चिकित्सकको आन्दोलनले भर्ना हुन पाउनुभएन ।

‘आइतवार पालो आएको थियो , पैसा नपुग्ने भएपछि खर्च जुटाएर आउँदा आन्दोलनले अप्रेसन नहुने भन्ने थाहा पाएँ’ उहाँले भन्नुभयो ।

‘दुखेर बस्नै सकेको छैन, मुख नखुलेर रस मात्रै खाएर बाँचेको छु, कहिले उपचार हुन्छ टुङ्गो नै लागेन’ गुरुङको दुखेसो थियो ।

चिकित्सकको आन्दोलनका कारओ अत्यावश्यक सेवा भनिएपनि नियमित उपचारको लागि पुगेका विरामीले आज उपचार पाएनन् ।

आमाको उपचारको लागि क्यान्सर अस्पताल पुग्नुभएका बाग्लुङ नगरपालिका ६ का कविराम किसान आक्रोसित हुनुभयो । चौँथो स्टेजको क्यान्सरको उपचारमा केमोथेरापी लगाउनुपर्ने भएपनि चिकित्सक आन्दोलनले उपचार प्रभावित भएको हो ।

उहाँले भन्नुभयो, ‘चिकित्सकको आन्दोलन आफ्नो ठाउँमा छ; हामी विरामीको पिडा कसले बुझ्ने ?’

अस्पतालको गेटैमा चिकित्सक संघको विज्ञप्ती टाँसिएको छ । विरामीका आफन्त सुचना हेरेर फर्किन बाध्य छन । सँधैभरी विरामीको लाइन लाग्ने चितवनको अस्पतालहरु आज सुनसान थिए ।

आन्दोलन बारे थाहै नपाएका विरामी अस्पताल पुगेर फर्किँदा पीडाले आक्रोशित पनि बने ।

उपभोक्ता अदालतले चिकित्सकहरूलाई लापरवाहीको दोषी ठहर गर्दै ठूलो क्षतिपूर्ति तिर्न आदेश दिएको घटनाप्रति चिकित्सक आन्दोलित भएका हुन ।

आन्दोलनको नेतृत्व गरेको नेपाल चिकित्सक संघ चितवनका बरिष्ठ उपाध्यक्ष डा. दिपेन्द्र न्यौपानेले चिकित्सकले आफै असुरक्षित भएर सेवा दिन नसक्ने भन्दै आन्दोलन बाध्यात्मक अवस्था रहेको बताउनुभयो ।

आन्दोलनरत चितवनका चिकित्सकहरु भरतपुर अस्पतालमा धर्ना बसेका छन।

भरतपुरमा चितवनसहित नवलपुर , तनहुँ , गोर्खा , मकवानपुर लगाएतका जिल्लाबाट विरामी आउँछन् ।।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।