बन्दीपुरमा चौथो अध्यक्ष कप खेलकुद प्रतियोगिता सम्पन्न फुटबलमा वडा ६ ‘ए’ र भलिबलमा वडा ३ ‘ए’ विजयी
माघ २५, बन्दीपुर । तनहुँको बन्दीपुर गाउँपालिकामा सञ्चालन भएको चौथो अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८२ शनिबार सम्पन्न भएको छ। माघ २३ गतेदेखि २५ गतेसम्म चलेको प्रतियोगिता बन्दीपुर गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको समन्वय तथा गाउँ खेलकुद विकास समितिको आयोजनामा सम्पन्न भएको हो। प्रतियोगिता अन्तर्गत [...]
