आ.व. २०८१/८२ को वार्षिक प्रगति समीक्षा तथा आ.व. २०८२/८३ को कार्यक्रम प्रवोधिकरण बैठक सम्पन्न
superadmin २२ श्रावण २०८२, बुधबार

दमौली । आ.व. २०८१/०८२ मा सम्पन्न कार्यक्रमहरूको वार्षिक प्रगति समीक्षा तथा चालु आ.व. २०८२/०८३ का कार्यक्रमहरूको प्रवोधिकरण बैठक आज जिल्ला समन्वय समितिको सभाहल, दमौलीमा सम्पन्न भएको छ। बैठकमा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, र जिल्ला समन्वय अधिकारी प्रकाश पौडेलले [...]