राजविराजमा आगलागीबाट २६ लाखको क्षति

सप्तरीको राजविराज नगरपालिकामा मंगलबार राती करिब डेढ बजे भएको आगलागीमा २६ लाख मूल्य बराबरको क्षति भएको छ।

राजविराज ४ स्थित विनोद शाहको घरबाट सुरु भएको आगोले उनीसहित भावनाथ देव, मनोज शाह, सन्तोष साह, विनोद चौरसिया र विनोद शाहको घर तथा पसल जलेर नष्ट भएको छ।

आगलागीमा कपडा पसल, मोबाइल पसल र होटलमा बढी क्षति भएको प्रहरीले जनाएको छ।

प्रहरी, दमकल र स्थानीयको सहयोगमा राती साढे २ बजे आगो नियन्त्रणमा आएको थियो।

विद्युत सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस