राप्तीसोनारीका जनप्रतिनिधीलाई स्वमूल्याकन तालिम सुचारु

किरण स्वर्णकार बाँके ,२०७६ माघ २७   बाँकेको राप्तीसोनारी गाँउपालिकामा सोमबार स्थानिय सरकारको संस्थागत स्व मूल्याङ्गकन लिसा तालिम सुचारु भएको छ । जे।आइ।जेटको प्राविधिक सहयोग र राप्तीसोनारीको गाँउपालिकाको आयोजनामा राप्तीसोनारी गाँउपालिकाका जनप्रतिनिधी , कर्मचारीहरुलाई स्व मूल्याङ्गकन तालिम दिइएको हो ।
कार्यक्रम अत्यन्तै प्रभावकारी र हाम्रो गाँउपालिका लागी उपयुगी रहेको राप्ती सोनारी गाँउपालिका अध्यक्ष लाहुराम थारुले बताए । जनप्रतिनिधीहरुको ३ वर्षको अवधीमा आफुले गरेको काम आफैँ मुल्याङ्गकन गरी आफ्नो गाँउपालिकालाई उत्कृष्ट गाँउपालिकाको रुपमा स्थापित गराउनको लागि यो कार्यक्रम प्रभावकारी र मार्गनिर्देशक हुने राप्तीसोनारी गाँउपालिका उपाध्यक्ष धनी कुमारी खत्रीले बताइन् । स्वमूल्याङ्गकन तालिममा वडा कार्यालयबाट प्रवाह हुने काम, उपभोक्ता समितीले गर्ने काम र त्यसको अधिकार र गाँउपालिकाले गरिरहेको अभ्यास, विकास योजना ,चेतना विकासका कार्यक्रमहरु को प्रभावकारीता कस्तो रहेको छ ,पहुँजवाला ले मात्र सेवा सुविद्या अथवा विकासका योजनाहरु पाएका छन् वा पहुँज विनाका नागरिकलाई पनी सेवा प्रवाह सहज तरिकाले प्रदान गरिएको छ वा छैन विषयमा छलफल गरिएको थियो ।

कार्यक्रमको सहजिकरण जि.आइ.जेटका सहजकर्ता, अरुण रेग्मी ,पशुपती पोखरेल, विजमा राजवैद्यले गरेका थिए । सहजकर्ता अरुण रेग्मीले लिसाका सय सुत्रको बारेमा जनप्रतिनिधीहरुलाई जानकारी दिएका थिए । सय सुत्र मध्ये प्रशासकिय प्रवन्ध,संगठन तथा प्रशासन ,सार्वजनिक जवाफदेहिता ,ज्ञान व्यवस्थापन लगायतका विषयमा जनप्रतिनिधी र कर्मचारी बीच बहस भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस