गन्दर्भ समुदायका लागि जेसीजले ग¥यो १० परिवारलाई खाद्यान्न वितरण

कोहलपुर जेसीजले गन्दर्भ समुदायका १० घरपरिवारलाई खाद्यान्न वितरण गरेको छ । जेसिजका ४ सिद्धान्तमध्ये सामुदायीक विकास सिद्धान्तका आधारमा शनिबार गन्दर्भ वस्तीमै पुगेर खाद्यान्न सामाग्री वितरण गरीएको कोहलपुर जेसिज २०२० का अध्यक्ष संगम खनालले जानकारी दिए ।कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतको उपस्थितीमा गन्दर्भ समुदायका १० घरपरिवारलाई प्रति परिवार १ बोरा चामल, ३ किलो दाल, ३ लिटर तेल, १ पोका नुन र ४ किलो भुजा उपलब्ध गराईएको थियो ।कार्यक्रममा बोल्दै नगर प्रमुख रावतले सधैं परनिर्भर नहुन गन्दर्भ समुदायका अगुवाहरुलाई आग्रह गरेका थिए । घर विहिन गन्दर्भ समुदायकालागि स्थानिय सरकारलेृ घर समेत निर्माण गरीएकाले आत्मनिर्भर हुन अन्य काम गर्नुपर्नेमा रावतले जोड दिए । न्युन सँख्यामा रहेका गन्दर्भ समुदायले परम्परागत रुपमा गर्र्दै आएको पेशालाई नै थप ब्यवस्थित गर्न सके त्यसबाटै राम्रो आम्दानी हुने बताउँदै रावतले अन्य रोजगारीकालागि समेत अवसर खोज्न आग्रह गरेका हुन ।

तपाईको प्रतिक्रिया दिनुहोस