आजदेखि बाँके सहित १३ जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइदै

२०७६ माघ २५ गते शनिवार आजदेखि बाँके सहित १३ जिल्लामा हात्तीपाइले (फाइलेरिया) रोग विरुद्ध औषधि खुवाइदै छ । दाङ, बाँके, बर्दिया, कपिलबस्तु, कैलाली, कञ्चनपुर, झापा, मोरङ, धनकुटा, बारा, लमजुङ, पर्बत र बागलुङमा औषधि खुवाइन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।१३ जिल्लामा कम्तिमा ७४ लाख नागरिकलाई औषधि खुवाउनेतयारी नेपाल सरकारकोछ । यता दाङमा भने करिब साढे ६ लाख नागरिकलाई औषधि खुवाउने लक्ष्य रहेको जिल्ला जनस्वास्थ्य कार्यालले जनाएको छ ।

यस अघि बाँकेमा ९औं पटकसम्म औषधि खुवाई सकिएको छ । हात्तीपाइले (फाइलेरिया) रोग विरुद्ध औषधि ६ पटकसम्म खाए पुग्छ । तर बाँकेमा प्रभावकारी रुपमा औषधि खुवाउने कार्यक्रम सञ्चालन हुन नसक्दा ९औं पटकसम्म खुवाउदा पनि यो रोगका विरामी भेट्टिएका छन् । औषधि सेवन पछि केही असर नगर्ने भन्दै आम नागरिकलाई औषधि सेवन गर्न जिल्ला स्वास्थ्य कार्यालय बाँकेले सबैमा अनुरोध गरेको छ । यसैबीच आजदेखि घर(घरमा स्वयमसेवी र स्वास्थ्यकर्मी पुगेर औषधि खुवाउने जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । बाँकेका अधिकाश स्थानिय तहका विभिन्न स्वास्थ्य चौकी पाइक पर्ने स्थानमा साढे १० बजेदेखि औषधि खुवाउने अभियानको सुरु गरिने भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस