नेशनल प्याब्सन बाँकेद्वारा तीनवटा विद्यालयलाई कारवाही

नेशनल प्याब्सन बाँकेले आफ्ना तीन वटा सदस्य विद्यालयहरुलाई कारवाही गरेको छ । नेशनल प्याब्सन बाँकेका अध्यक्ष श्याम कँुवर र सचिव शिव प्रसाद डाँगिद्वारा जारी गरिएको प्रेस विज्ञप्तीमा तीनवटा विद्यालयलाई आजबाट सदस्य नरहने गरी कारर्वाही गरिएको जनाईएको छ । कारवाहीमा पर्ने विद्यालयहरु सगरमाथा ई.मि. स्कुल नेपालगञ्ज–१८ बाँके, साईनिङ्ग स्टार ई.मि. स्कुल कोहलपुर–८ र मिसन पब्लिक ई.मि. स्कुल कोहलपुर बाँके रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ । विज्ञप्तीमा भनिएको छ “संस्थागत विद्यालयको नेतृत्व गर्ने संगठन नेशनल प्याब्सनको गरिमामा आँच आउने गरी केहि तथाकथित व्यक्तिहरुले सांगठनिक मर्यादाकै विपरित संगठनकै सदस्य विद्यालयहरुलाई विभिन्न किसिमका भ्रम छर्दै गरेको प्रमाणित हुन आएको हुँदा नेशनल प्याब्सन बाँकेको सदस्य नरहने गरी कारवाही गरिएको छ ।” साथै नेशनल प्याब्सनका निवर्तमान वरिष्ठ कृष्ण बहादुर जिसी लगायतका व्यक्तिहरुले सांगठनिक मर्यादामा आँच आउने गरी गतिविधिहरु गरिरहेकोले कारवाही गर्नुपरेको अध्यक्ष श्याम कुँवरले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस