कोहलपुरमा माघ २३ गतेबाट सञ्चालन हुने महोत्सव स्थगित

बाँकेको कोहलपुरमा यहि माघ २३ गतेदेखि सञ्चालन हुने भनेको प्रथम कोहलपुर कृषि फुडफेस्टिभल तथा पर्यटन महोत्सव २०७६ स्थगित भएको छ । होटल व्यवसायि संघ बाँकेको आयोजनामा यहि माघ २३ गतेदेखि सञ्चालन हुने भनिएको महोत्सव स्थगित गरिएको होटल व्यवसाय संघ बाँकेले बुधबार एक प्रेस विज्ञप्ती मार्फत जनाकारी दिएको छ । होटल व्यवसायी संघ बाँकेका अध्यक्ष एकनारायण चापागाई र महासचिव खेमराज शर्माद्वारा जारी विज्ञप्तीमा भनिएको छ ‘महोत्सव सञ्चालनमा सम्बन्धमा विभिन्न समयमा यस कोहलपुर क्षेत्रका व्यापारी, बुद्धिजीवि, राजनैतिक दल, विभिन्न संघसंस्था र स्थानिय सरकार बिचको छलफलबाट भर्खरै मेला सम्पन्न भएको अवस्थामा पुन अर्को मेला महोत्सवले यस क्षेत्रका सम्पूर्ण व्यवसायिहरुलाई हित नगर्ने र सामाजिक हार्दिकता समेत असन्तुलन हुने हुँदा महोत्सव स्थगित गरिएको छ ।’ साथै सम्पूर्ण उद्योगि व्यापारी, बुद्धिजीवि, राजनैतिक दल, विभिन्न संघसंस्था र आम जनताको भावनाको कदर गर्दै होटल व्यवसायी संघ बाँकेले आयोजना गर्ने भनेको महोत्सव स्थगित गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । केहि समय पहिला कोहलपुरमा महोत्सव लागाउनका लागि स्थानिय सरकारसँग अनुमति संघले पाएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस