तेस्रो मेयरकप रनिङ्ग शिल्ड प्रतियोगिता फागुन २ गतेबाट हुने

बाँकेको कोहलपुरमा फागुन २ गतेबाट ५ गतेसम्म तेस्रो मेयरकप रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी तिव्र पारिएको छ । कोहलपुर नगरपालिका सामाजिक विकास समिति संयोजक तथा तेस्रो मेयरकप रनिङ्ग शिल्ड प्रतियोगिताकी सञ्चालन एवम् व्यवस्थापन समितिकी संयोजक नारायणि वलीले माघ ३ गतेबाट ६ गतेसम्म सञ्चालन हुने भनेको तेस्रो मेयरकप रनिङ्ग शिल्ड प्रतियोगिता वर्षाका कारण स्थगित गरिएको जानकारी दिँदै अब फागुन २ गतेदेखि ५ गतेसम्म गर्ने निर्णय गरिएको जानकारी दिएकी छिन् । संयोजक वलीका अनुसार तेस्रो अन्तर मावि मेयर कप रनिङ्ग शिल्ड तथा १२ औं नगरस्तरिय राष्ट्रपति कप रनिङ्ग शिल्ड खेलकुद छनौट प्रतियोगिताको तयारी तिव्र पारिएको छ । प्रतियोगिताको प्रमुख अतिथिको रुपमा बाँके क्षेत्र नं. १ का संघिय सांसद महेश्वर गहतराज अथक रहने भन्दै प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गर्न जनप्रतिनिधि, विभिन्न राजनीति दल, विद्यालय, विद्यार्थी लगायतले सहयोग गर्न अनुरोध गरेकी छिन् ।
प्रतियोगितामा एथ्लेटिक्स तर्फ एक सय, दुई सय, चार सय मिटर, १५ सय मिटर ३ हजार मिटर दौड तथा चार ईन्टु एक सय र चार ईन्टु चार सय मिटर रिले दौड, हाईजम्प, लङगजम्प, ट्रिपलजम्प, सटपट, जेभिलिन र भलिबल छात्र÷छात्राका खेलहरु सञ्चालन हुने संयोजक वलीले जानकारी दिएकी छिन् । ।

तपाईको प्रतिक्रिया दिनुहोस