लम्की जेसीज वर्ष २०२० को अध्यक्षमा बबिता पाण्डे

लम्की जेसिसका निर्वाचित पदाधिकारीको २० औ पदास्थान कार्यक्रम भब्य समारोहका बिच शनिवार सम्पन्न भएको छ ।
कैलालीको लम्कीमा रहेको होटल शान्तीमा एक भब्य समारोहका बिच २० औ पदस्थान कार्यक्रम सम्पन्न भएको हो । लम्की जेसिस शाखाले दोस्रो पटक महिला नेतृत्वको रुपमा अध्यक्ष बबिता पाण्डेलाई पाएको छ ।
सन् २००० मा स्थापना भएको जेसिसको बर्ष २०११ मा अध्यक्षको रुपमा पहिलो पटक लक्ष्मी जोशीलाई महिला अध्यक्ष पाएको थियो भने २०२० मा अध्यक्ष पाण्डेलाई पाएको हो । शनिवार कार्यक्रमका बिच अध्यक्ष बबिता पाण्डे लगाएतका पदाधीकारीहरुले पदभार ग्रहण गरेका छन । जस्मा कार्यकारीणी उपाध्यक्षमा ललित देउवा र रामबहादुर चलाउने,उपाध्यक्षमा रजबहादुर थापा, भुपेन्द्र तिमिल्सैना, कमल बहादुर क्षेत्री र नारदप्रसाद जोशीले पदभार ग्रहण गरेका थिए ।
लम्की जेसिस बर्ष २०१९ का अध्यक्ष मोहन ढुङ्गानाको अध्यक्षतामा आयोजना गरिएको पदस्थाना तथा पुरस्कार बितरण कार्यक्रममा प्रमुख अथिति समेत रहेका लम्की नगरपालिका नगर प्रमुख महादेब बजगाईले कार्यक्रम सर्तमा बोल्दै सामाजिक उत्तरदायित्व सगै लम्की नगरपालिका र जेसीज शाखा लम्की संग हातेमालो गरेर अगाडी बढने प्रतिवद्धता व्यक्त गरे साथै देश बिकास र युवा जागरणका लागी जेसिसले निकै महत्वपुर्ण कार्य गदै आएको भन्दै जेसिसलाई धन्यबाद समेत ब्यक्त गरे ।
पदस्थापन कार्यक्रममा नेपाल जेसीज बर्ष २०२० का राष्ट्रिय उपाध्यक्ष रामबहादुर बोगटी, धिरज शाही, लम्की लेडि जेसिज, टीकापुर, बौनिया, जोशिपुर, अत्तरीया, धनगढी, धनगढी लेडि जेसिज, महेन्दनगर,कोहलपुर जेसीज, कोहलपुर जुनियर जेसीज, नेपालगञ्जका जेसीज शाखाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस