अप्राकृतिक मैथुन गरेको अभियोगमा २ जना पक्राउ

सिरहाको धनगढी नगरपालिका- ७ वस्ने १० वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सुखिपुर नगरपालिका-८ वस्ने २६ वर्षीय जो जो भन्ने कृष्ण मण्डल र सोहि नगरपालिका-४ वस्ने २५ वर्षीय संजय श्रेष्ठ रहेका छन् ।

पाहुना वस्न आएका निज बालकलाई मण्डल र श्रेष्ठले सुखिपुर नगरपालिका-८ स्थितमा रहेको बाबुराम खोलामा लगि मुख थुनी जबरजस्ति अप्राकृतिक मैथुन तथा मुख मैथुन गरेको भन्ने सूचना प्रहरीलाई प्राप्त भए पश्चात ईलाका प्रहरी कार्यालय सुखिपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस